धनुषामा डेढ वर्षीय बालक हराएपछि खोजीका लागि प्रहरीको अनुरोध


जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६, तिनकोरिया हाटबजारबाट डेढ वर्षीय बालक हराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।

प्रहरीका अनुसार स्थानीय कमलेश महतोका छोरा डेढ वर्षीय सिधान्स महतो बुधबार दिउँसो करिब ४ः४० बजे आफ्नै घरको आँगनमा खेल्ने क्रममा हराएका हुन्।

हराएका बालकको वर्ण गहुँगोरो, शरीरमा सेतो भेस्ट लगाएको र कट्टु नलगाएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बालक आफ्नो क्षेत्र वा आसपासमा फेला परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराइदिन आग्रह गरेको छ।

प्रहरीले बालकको खोजी कार्य तीव्र बनाइएको जनाएको छ। सर्वसाधारणले बालकको हुलिया वा सम्भावित अवस्थासँग मिल्दोजुल्दो जानकारी पाएमा ढिलाइ नगरी प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार