जनकपुरधाम । शस्त्र प्रहरीले धनुषाको विभिन्न स्थान बाट १९ लाख मुल्य बराबरको भन्सार छलिका सामान नियन्त्रणमा लिएका छन । खुल्ला सिमानाको फाइदा उठाउदै भारतिय सिमाबर्ति बजार बाट चोरीपैठारी गरि ल्याउदै गरेको अवस्थामा प्रहरीले सो मोल बराबरको लत्ताकपडा र किरानाका सामान सहित ढुवानीमा प्रयोग गरिएका एउटा टेम्पो र ६ वटा मोटर साईकल नियन्त्रणमा लिएको हो । गाडी सहितको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको धनुषाका शस्त्र प्रहरी उपरीक्षक दर्शन गीरिले जानकारी दिए।


