ग्रीसमा आप्रवासीले भरिएको डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु


एजेन्सी, ३१ जेठ । ग्रीसको दक्षिणी तटमा आप्रवासीहरूले भरिएको डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै बेपत्ता छन् ।

अधिकारीहरूका अनुसार डुङ्गामा कम्तीमा चार सय जना सवार थिए । हालसम्म सयभन्दा बढीको उद्धार गरिएको छ भने बाँकीको खोजी कार्य जारी छ ।

तीव्र समुद्री हावाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । ग्रीक कोस्ट गार्डका अनुसार यात्रुहरूले भरिएको यो डुङ्गा मंगलबार एक निगरानी गर्ने विमानले देखेको थियो ।

तर त्यतिबेला यसमा सवार यात्रुहरूले मद्दत लिन अस्वीकार गरेका थिए । यो डुङ्गा लिबियाबाट इटालीतर्फ गइरहेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार