जापानमा २ नेपाली विद्यार्थीको मृत्यु


एजेन्सी, ३ जेठ । जापानमा भएको बस दुर्घटना हुदाँ दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको जनाइएको छ ।

जापानी सञ्चारमाध्यमले जनाए अनुसार गत दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले उद्धृत गर्दै जनाएका छन् ।

जापानी मिडियाले जनाए अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको थियो । भने बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो ।

एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो । उक्त बसमा चालक दलका सदस्य सहित ४० जना रहेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार