जनकपुरधाम, माघ २० । नेपालका लागि भारतिय राजदुत नविन श्रीवास्तवले नेपालको विकासले भारतलाई नै फाइदा पुग्ने बताएका छन् ।
नेपाल भारत मैत्री युवासंघले जनकपुरधाममा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै राजदूत श्रीवास्तवले नेपालको विकास भारतका लागि प्राथमिकतामा रहेको बताए ।
उनले नेपाल र भारत बिच मित्रतालाई मात्रै प्रगाढ बनाउनु छैन संग संगै विकासको बाटोमा हिड्नु आवश्यक छ । यसका लागि नेपाल र भारत सरकार मिले काम गरिरहेको उनको भनाई थियो । नेपालको सर्वांगिन विकासका लागि भारत सरकार तत्पर रहेको पछाडी कहिल्यै नपर्ने उनले दावी गरे ।
यसका साथै भारतको सीमासंग जोडिएको मधेस प्रदेश पनि भारत सरकारको प्राथमिकतामा रहेको राजदूत श्रीवास्तवको भनाई थियो । नेपालमा रेल सेवाको पुनः आरम्भ, विभिन्न विद्यालयहरुको भवन निर्माण, खानेपानीको विभिन्न योजना यसकै उदाहरण रहेको उनले बताए ।
मधेस प्रदेशको विकासका लागि धार्मिक पर्यटनको क्षेत्रमा जोड दिनुपर्ने राजदूत श्रीवास्तवले बताए । उनले भने ‘मधेस प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ, यहाँको धार्मिक पर्यटनलाई नेपाल सरकार र भारत सरकार संगै मिलेर अगाडी बढाउनु पर्छ ।’ यसले नेपाल भारत दूबै देशलाई फाइदा पुग्ने छ, उनले भने ।’


