सुन तोलामा ७ हजार ६ सय रुपैयाँ बढ्यो


काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ७ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य ३ लाख ४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो ।चाँदीको मूल्य आज १४५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला ४ हजार ७२५ रुपैयाँ छ । अघिल्लो दिन ४ हजार ५८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार