बाढीपीडितका लागि मधेश प्रदेश प्रमुखले दिए एक महिनाको पारिश्रमिक


जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश प्रमुख कर्णले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता सञ्जीपकुमार दुबेको हस्ताक्षरमा जारी विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको छ। विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विभिन्न निकाय र संघसंस्थाबाट सहयोग जुटाउने क्रम जारी रहेका बेला प्रदेश प्रमुख कर्णले आफ्नो पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका हुन्।

May be an illustration of text that says 'नेपाल सरकार प्रदेश प्रमुखकर कार्यालय पत्रसंष्या:२०५३/०५४ पत्र संख्या २०૬३/४ च.नं. जनकपू जनकपुर्समा्धनुषा o9-44e ०४१-१२१७४३ E-mail: ocs.p2.gow@gmail.com Website: opb.madhesh.gow.np मिति २०६३/०४/१४ विज्ञसि माननीय प्रदेश प्रमुख श्री सुरेन्द्र लाभ कर्ण ज्यूले मिति २०३ भदौ 90 गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको वाढीका कारण जनधनको ठूलो क्षति भएकोले प्रभावित नागरिकहरूको उद्दार, राहत र पुर्नस्थापना कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रदान ग्तुहुने भएको छ| (संजिप कुमार दुब्बे) प्रवक्ता'

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार