अबैध भवन निर्माणकार्यमा उपमहानगरपालिकाको रोक, एमालेको अवरोध


जनकपुरधाम । मठमन्दिरको जग्गामा नक्सा पास बिना नै अबैधरुपमा भौतिक संरचना निर्माण गर्नेहरु बिरुद्ध जनकपुरधाम उपमहानगरपालिकाका मेयर उत्रेपछि वडा अध्यक्षले नै अवरोध गर्न थालेका छन् ।
जनकपुरधामको रामानन्द चोक भन्दा पश्चिम बिहारकुण्डमा रहेका सिया रघुनाथ सदनको जग्गामा नक्सा पास बिनै अबैध रुपमा भूमाफियाहरुले खुलेयाम गरिरहेको भवन निर्माणकार्य उपमहानगरपालिकाले रोकेपछि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाइ वडानम्बर ८ का वडाध्यक्ष दिनेश शिंहले विभिन्न किसिमको धाकधम्की दिन थालेका छन् । जग्गा रजिष्ट्रेशन आफ्नो नाममा नरहेको र नक्सा पास बिना नै एक पछि अर्काे घर निर्माणको क्रम बढेपछि अवैध रुपमा भवन निर्माण नगर्न भन्दै उपमहानगरपालिकाको नगरप्रहरीले निर्माण कार्यमा प्रयोग हुने उपकरणहरु मंगलबार उठाएर लगेको थियो ।उपमहानगरपालिका ले निर्माण समाग्रि उठाएर लगेपछि घर निर्माण गरिरहेकाहरु विभिन्न निकाय धाउन थालेका छन् ।
अब पनि भवन निर्माणको कार्य नरोके स्थानिय सरकार सञ्चालन ऐनको दफा ३९ बमोजिम अबैध संरचना भत्काउन उपमहानगरपालिका तयार रहेको प्रमुख मनोज साहले जानकारि दिए । मेयर साहले भने,‘म अवैध निर्माण कार्य विरुद्ध छु । कुनैपनि हालतमा सार्वजनिक जग्गामा अवैध रुपमा निर्माण कार्य हुनुहुँदैन । वडाध्यक्षले नै असहयोग गरिरहेका छन् । वडाध्यक्षले थरिथरिका धम्की दिरहेका छन् ।’ मेयर साहले अवैध निर्माण कार्य रोकेपछि चौतर्फि उनको प्रशंसा हुन थालेको छ् ।
सिया रघुनाथ सदनका महन्थ नामदेव शरणले जग्गा कव्जा गरि बलजफती अबैध संरचना बनाईरहेका १६ जनाको बिरुद्ध उपमहानगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् ।
वडाध्यक्षको आरोप
यता जनकपुरधाम उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष दिनेश सिंहले आफु निर्माण कार्यको पक्षधर नरहेको तर यसरी निर्माण कार्य रोक्नु पनि उचित नभएको बताउँछन् । उनले अवैध निर्माण कार्य भइरहेको ठाउँमा मेयरको समेत जग्गा रहेको आरोप लगाउँदै भने, ‘मेयरले मसंग बुझेर गर्नु पथ्र्यो,समनवय गर्नुपर्ने थियो । तर उनले मलाइ कुनै सोधखोज नै नगरि यसरी गरेका हुन । बिना नक्सको घर निर्माण त् कुनै पनि हालतमा हुनुहुँदैन तर जजसले भवन बनाइरहेका छन् उनीहरुसंग लिएको पैसा पनि फिर्ता हुनुपर्छ ।’ वडाध्यक्ष सिंहले थप्दै भने, ‘मेयरसाहेवलाइ त्यसै स्थानमा २–३ कठ्ठा जग्गा पाइसके पछि एक्सनमा आइसकेका छन् । त्यसमा धेरै ठुलठुला मान्छेहरुको जग्गा छ ।’
यस्तै मन्दिरका महन्थ नामदेव शरणले वडाध्यक्ष दिनेश शिंहका दाइ महेस सिंहले जेलमा रहेको चेलालाइ छोडाइ दिन्छु भन्दै न्यायधिस र वकिललाइ पैसा खुवाउन पर्ने भएकोले आफुसंग झुक्याएर कागज गराएको आरोप लगाएका छन् ।
सिया रघुनाथ सदन मन्दिरको नियमित पूजापाठ र महन्थ पूजारीको भोजन तथा अतिथिको स्वागत सत्कारका लागि धान गँहु उब्जाउन कुनै बेला दाताले दिएको यस जग्गाको चलन चल्तीको भाउ १९ करोड रुपैया भन्दा बढि रहेको अनुमान छ । प्रतिधुर ५ लाख भन्दा बढि चलन चल्तीको भाउ रहेपनि भुमाफियाहरुको एक समुहले जग्गा धनीलाई थाहै नदिई झासामा पारि घर बनाउनेहरुसंग प्रतिधुर साढे एक देखि दुई लाख रुपैयाँ सम्म असुलेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार