
जनकपुरधाम । मिथिलाको प्राचीन र हाल मधेश प्रदेशको राजधानी जनकपुरधाम ‘५२ कुटी ७२ कुण्ड’को उपमाले प्रख्यात छ । विश्वका करोडौँ हिन्दुहरूको धार्मिक आस्थाको केन्द्रको रूपमा समेत जनकपुरलाई चिनिन्छ । जनकपुर राजर्षि जनकको राज्यभूमि एवम् सतिशिरोमणी जगत जननी माता जानकी र उनका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको जन्म थलो हो । कुण्ड नै कुण्डले सुशोभित भएर मैथिली भाषा, कला, र संस्कृतिको अनुपम सौन्दर्य प्रदान गरिरहेको मिथिलाको राजधानी जनकपुरधाम यहाँकै वासिन्दा,नेता देखि पत्रकारसम्मको अतिक्रमणमा मन्दिर र कुण्डहरुको जग्गा मासिन थालेको छ । अव्यवस्थित सौन्दर्यविहीन बन्दै आफ्ना मौलिक परम्परा संस्कृति, पुरातात्त्विक ऐतिहासिक एवम् पौराणिक धार्मिक अस्तित्व हराउने अवस्थाबाट गुज्रिरहेको छ ।
पौराणिक ऐतिहासिक धार्मिक तलाउहरू मास्ने क्रम जारी छ । पहिले तलाउ रहेका जमिनमा गगनचुम्बी अग्ला भवन ठड्याइएको छ । बाँकी रहेका छिटपुट पोखरी र मन्दिरका जग्गाहरुमाथि पनि भुमाफियाहरुको नजर परिसकेको छ ।
यसको जवलनत उदाहरण लिन सकिन्छ जनकपुरधामको एतिहासिक मन्दिरहरु मध्येका एक सिया रघुनाथ सदन मन्दिरको जग्गा । अहिले यस मन्दिरको जग्गामाथि अबैधरुपमा खुलेआम भवनहरु निर्माण भइरहेको छ । जनकपुरधाममा सार्वजनीक महत्वको मठमन्दिरका बहुमुल्य जग्गा एक पछि अर्काे ठाँउमा अबैधरुपमा खुलेआम भवनहरु निर्माण भईरहेपनि सरोकारबाला निकाय एक अर्कालाई मात्र पत्राचार गरि जिम्मेबारीबाट पन्छीदै आएका छन । तर निर्माण रोक्न र त्यसमा संलग्नहरुलाइ कारबाहि गर्न कुनै निकायले अग्रसर्ता लिएको देखिदैन ।
जनकपुरधामको एतिहासिक मन्दिरहरु मध्येका एक सिया रघुनाथ सदन पनि हो । जस्को जग्गा माथि अहिले भूमाफियाहरुले निजि घर निर्माण गर्न लागेका छन् । जनकपुरधामको रामानन्दचोक भन्दा पश्चिम बिहारकुण्डमा रहेका सिया रघुनाथ सदनको जग्गामा अबैधरुपमा खुलेयाम भवन निर्माण गरिदै गर्दा सरोकारबला निकायहरु मौन देखिएका हुन् । जग्गा रजिष्ट्रेशन आफ्नो नाममा नरहेको र उपमहानगरपालिका संग समेत घर निर्माणका लागि कुनै प्रकारको ईजाजत प्राप्त नरहेपनि धमाधम एक पछि अर्काे भवनहरु बनाईदै छ ।
समाज विकास युवाकेन्द्र जनकपुरधामका अध्यक्ष सुनिल राउतले आफुहरु पटकपटक सरोकारबलाहरुलाइ जग्गा कब्जागरि भवन निर्माण गरिदै गरेको र रोक्न जानकारी गराएपनि कोहि नआएको आरोप लगाए । उनले भने,‘स्थानिय प्रशासनलाइ पटक पटक फोन गरेर भेटेर यस विषयमा जानकारी गराइ निर्माण कार्य रोक्न आग्रह गर्यौ । तर सबैले आउँछौ,आउँछै भने तर यसलाइ रोक्न कोहि आएनंन ।’
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ सिट नम्बर १३५४–१७ कित्ता नम्बर ४६, सिट नम्बर १३५४–१६ कित्ता नम्बर १२, सिट नम्बर १३५४–१३ कित्ता नम्बर ३९, सिट नम्बर १३५४–९ किता नम्बर १४ लगायतका एक बिघा १२ कठ्ठा भन्दा बढि सिया रघुनाथ सदनको खेती योग्य जग्गा मासेर घर बनाईदै छ । दोहरो नागरिकाता मुद्धामा उत्तराधिकारी थुनामा परेपछि मन्दिरका महन्त नामदेव शरण संग अहिले अबैध मानिएको मनखपको कागज बनाएर बलजफती धमाधम एक पछि अर्काे भवन ठडयाईदै छ ।
सिया रघुनाथ सदन मन्दिरको नियमित पूजापाठ र महन्थ पूजारीको भोजन तथा अतिथिको स्वागत सत्कारका लागि धान गँहु उब्जाउन कुनै बेला दाताले दिएको यस जग्गाको चलन चल्तीको भाउ १९ करोड रुपैया भन्दा बढि रहेको अनुमान छ । प्रतिधुर ५ लाख भन्दा बढि चलन चल्तीको भाउ रहेपनि भुमाफियाहरुको एक समुहले जग्गा धनीलाई थाहै नदिई झासामा पारि घर बनाउनेहरु संग प्रतिधुर साढे एक देखि दुई लाख रुपैया सम्म असुलेको छ ।
स्थानिय र प्रदेश सरकारको भनाई छ कि गुठिको जग्गा सम्बन्धमा आफुहरुसंग कुनै पनि अधिकार छैन् । तर, कानुन बमोजिम कारबाहिका लागि महन्थ शरणले दिएको सक्लल उजुरी संघीय सरकारका प्रतिनिधि जिल्ला प्रशासन कार्यालयले उपमाहानगरपालिकालाई पठाएको छ । स्थानीयतहको निर्वाचनको बेला जनकपुरधामको धार्मिक महत्वका मठमन्दिरका जग्गा कुनै पनि हालतमा कव्जा हुन नदिने र भएका जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका जनप्रतिनिधि पनि मौन छन् । यो भन्दा अच्चम त के छ भने एक त अबैध रुपमा सार्बजनीक महत्वका जग्गा कव्जा र दोस्रो जनकपुरधाम उपमहानगर संग नक्सा पाश बिना नै यसरी घर ठडयाईदै छ ।
महन्थ शरणले उपमाहानगरपालिकाको कार्यालयमा अबैध संरचणा बनाईरहेका १७ जनाको बिरुद्ध अर्काे उजुरी पनि दिएका छन् ।
तर सरोकारबालाको मौनताका कारण उल्टै भुमाफियाहरुले महन्थ शरणलाइ धाकधम्की दिन थालेपछि बाध्य भएर शरणले सुरक्षाका लागि मन्दिरमा सिसिटी टिभी जडान गरेका छन् । मठ मन्दिर र पोखरी सरोवरहरुको शहरको रुपमा प्रख्यात सांस्कृतिक तथा धार्मिक नगरको जति जनकपुरधामको गुनगान सुन्न र हेर्न पाईन्छ अहिले त्यसभन्दा बढि सम्बन्धित निकायको मौनताले दुर्गन्धित छ । बचेखुचेका मठ मन्दिरको धार्मिक महत्वको जग्गाको खुलेयाम अबैधानिक रुपमा खरिद बिक्री र कव्जा गरि घर बनाउने र घेराबेरा लगाउने प्रवृति रोक्नेतर्फ सम्वन्धित निकायको सक्रियता पुगेको छैन ।