
काठमाडौं । ‘लालसिंह चड्डा’ देखि नै फ्यान आमिर खानको आगामी फिल्मलाई लिएर उत्साहित छन् । यस्तोमा, अभिनेताले आगामी फिल्म ‘सितारे जमिन पर’बारे अपडेट दिए ।
यो प्रतीक्षित फिल्म सन् २०२५ को क्रिसमसको अवसरमा रिलिज हुने उनले बताए । आमिरले केही दिनअघि गुजरातको स्ट्याच्यु अफ युनिटीमा गणतन्त्र दिवस २०२५ समारोहमा भाग लिएका थिए, जहाँ उनले आफ्ना आगामी फिल्मबारे कुरा गरे ।
मिडियाले उनलाई कुनै फिल्म गुजरातमा छायांकन हुन लागेको हो भनेर प्रश्न सोधेका थिए । जवाफमा अभिनेताले ‘सितारे जमिन पर’को क्लाइमेक्सलार्ई गुजरातको वडोदरामा छायांकन गरिएको बताए ।
उनले भने, ‘सितारे जमिन पर’ ‘तारे जमीं पर’को सिक्वेल हो । यस फिल्मको क्लाइमेक्स वडोदरामा छायांकन गरिएको थियो ।’