अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रिय सचिवालय सदस्य पदमा राजन झा निर्विरोध निर्वाचित


जनकपुरधाम । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन अन्तर्गत भावी नेतृत्वका लागि भएको निर्वाचनमा केन्द्रिय सचिवालय सदस्य पदमा राजन झा निर्वाचित भएका छन् । झा मधेस प्रदेशबाट केन्द्रिय सचिवालय सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्वका लागि पाँचजनाले अध्यक्ष पदमा दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ।
अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय, १६२ केन्द्रीय सदस्य चयन हुनेछन् ।

नयाँ नेतृत्व चयनका लागि देशभरबाट साढे २४ सय प्रतिनिधिले मतदान गरेको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार