टुंगियो ‘एक भगवत् गीता’ विवाद


काठमाडौँ, भदौँ २५ । शीर्षक परिवर्तन गर्ने सहमति भएसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद अन्ततः टुंगिएको छ ।

चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ–संगठनले हस्ताक्षर गरेपछि विवाद टुंगिएको हो ।

दुवै पक्ष बीच भएको सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ । विवाद टुंगिएसँगै यस फिल्मले अब सेन्सरको प्रक्रियामा अघि बढ्ने निर्माता थापाले जनाएका छन् ।

दुवै पक्ष बीच भएको सहमतिले सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्ने विश्वास आफूहरुले लिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । भदौँ २९ गते प्रदर्शन तयारीमा रहेको यस फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको थियो ।

यस आपत्तिपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो । यता सेन्सर सिफारिस नदिने बोर्डको कार्यप्रतिसमेत चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार