कमसमयमा ‘गदर २’ ले कमायो ५०० करोड


एजेन्सी, भदौँ २० । सन्नी देओल स्टारर फिल्म ‘गदर–२’ ले कमसमयमा पाँच सय करोड भारतीय रुपैयाँ कमाउने भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरिसकेको छ । यसले चौथो आइतबारको रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको थियो ।

फिल्मको कुल कलेक्सन ५०१ करोड भारु रहेको छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको रेकर्ड तोड्नेतर्फ लक्षित रहेको जनाइएको छ । ‘बाहुबली २’को हिन्दी भर्सनले भारतीय बक्स अफिसमा ५१०.९९ करोड भारु कमाएको थियो ।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै ‘गदर २’ सबैभन्दा छिटो ५०० करोड भारु कमाउने फिल्म बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म बनेको छ । यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा रहेको थियो ।

‘गदर २’ले ५०० करोड कमाउन २४ दिन लगाउँदा ‘पठान’लाई २८ दिन लाग्यो भने ‘बाहुबली २’को हिन्दी भर्सनलाई ३४ दिन लागेको थियो । ‘गदर–२’ले स्वदेशमा मात्रै नभई विदेशमा पनि राम्रो कमाइ गरिरहेको छ ।

बलिउड हंगामाले जनाएअनुसार फिल्मले विश्वभर ६५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । अष्ट्रेलिया, जर्मनी, अमेरिका र बेलायतजस्ता देशमा यसले राम्रो आम्दानी गरिरहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार