‘केरला स्टोरी’ प्रकरणः महाराष्ट्रमा झडप, एकको मृत्यु, आठ घाइते


एजेन्सी, ३ जेठ । भारतको महाराष्ट्र राज्यमा एक फिल्मलाई लिएर भएको साम्प्रदायिक झडपमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । त्यसक्रममा एक सय जनाभन्दा बढीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यामले जनाएको छ ।

बीबीसीले जनाएअनुसार अकोला सहरमा भएको उक्त हिंसा प्रदर्शनरत विवादित फिल्म ‘द केरला स्टोरी’ लाई लिएर गरिएको सामाजिक सञ्जालको पोस्टबाट सुरु भएको थियो ।

स्थिति नियन्त्रणमा लिनका लागि अधिकारीले इन्टरनेट सेवा अवरुद्धसमेत गरेका छन् भने कर्फ्यु जारी गरिएको छ । सो झडपमा घाइते हुनेमा एक महिला हवल्दार पनि छिन् । प्रहरीले जनाए अनुसार एक समुदायका सदस्यहरु अकोलाको एक प्रहरी चौकीबाहिर फिल्मको बारेमा सोसल मिडिया पोस्टको विरोध गर्न भेला भएको बेला उक्त हिंसा भएको थियो ।

एकजना प्रहरी अधिकारीले इण्डियन एक्सप्रेस अखबारमा उल्लेख भए अनुसार केही सन्देशले अर्को व्यक्तिको धार्मिक भावनामा चोट पु¥याएको बताएको जानकारी दिए । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देको कार्यालयले शान्तिको अपील गर्दै हिंसामा संलग्नलाई कडा कारबाही गर्न राज्य प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

गत साता हलमा रिलिज भएको फिल्म ‘द केरला स्टोरी’ रिलिजपूर्व नै विवाद उत्पन्न भएको थियो । भारतको दक्षिणी राज्य केरलामा हिन्दू महिलालाई धर्म परिवर्तन गराएर इस्लामिक स्टेट समूहमा सामेल गरिएको विषयवस्तुमा आधारित फिल्म छ । विपक्षी दलका नेताहरूले फिल्मलाई प्रपोगाण्डा भन्दै आलोचनापनि गरेका छन् । तर यो फिल्म वर्षौंको अनुसन्धान र सत्य घटनामा आधारित रहेको निर्माताले दावी गर्दै आएको छ ।

यस फिल्मले संघीय मन्त्रीसहित सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरूको समर्थन पनि रहेको छ । एक चुनावी ¥यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीले समेत फिल्मको प्रशंसा गरे । त्यस्तै भारतको पश्चिम बंगाल राज्य सरकारले यस फिल्मलाई प्रतिबन्ध लगाएको छ भने भाजपाको सरकार रहेका उत्तरप्रदेश र मध्यप्रदेशले भने यस फिल्मलाई करमुक्त घोषणा गरेका छन् ।

त्यस्तै आइतबार भारत प्रशासित कश्मीरको जम्मू जिल्लाको एक मेडिकल कलेजमा पनि यस फिल्मलाई लिएर झडप भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार