एसियाकप खोसिए विश्वकप बहिष्कार गर्ने चेतावनी


एजेन्सी, २ जेठ । पाकिस्तान क्रिकेट बोर्डको व्यवस्थापन समितिका प्रमुख नजम सेठीले एसियाकपको आयोजनाको अधिकार पाकिस्तानबाट खोसेमा विश्वकप बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

दुवै देशमा क्रिकेट निकै लोकप्रियता रहेपनि दुवै देशको तनावका कारण भारत र पाकिस्तानले लामो समयदेखि एकअर्काको भूमिमा खेल खेलेका छैनन् । यी दुई देशबीच अन्य देशमा मात्रै खेल अहिलेसम्म भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले सन् २०२३ मा हुने एसिया कप पाकिस्तानको सट्टा तटस्थ स्थानमा हुने बताए । सुरक्षाको कारण देखाउँदै भारतले पाकिस्तान जान अस्वीकार गरेको थियो ।

त्यसपछि पीसीबीले ‘हाइब्रिड मोडल’ अन्तर्गत युएईमा खेल्न पाउने प्रस्तावसमेत गरेको थियो । यसबारे बीसीसीआईको प्रतिक्रिया अहिलेसम्म आएको छैन । सेठीले भारतले सम्पूर्ण आयोजनालाई पाकिस्तानबाट बाहिर निकाल्न चाहेको बताए । यस्ता खाले गतिविधिले यस वर्ष भारतमा हुने विश्वकप र पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा गम्भीर असर पार्न सक्ने उनले बताए ।

इता श्रीलंका र बंगलादेशले गर्मी र अन्य कारणले युएईमा खेल्न नसक्ने भन्दै अस्वीकार गरेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष रमिज राजाले पनि भारतीय टोली पाकिस्तान नआए पाकिस्तानले भारतमा हुने विश्वकपमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार