चक्रवातले बंगलादेशमा हजारौँको घरमा क्षति


एजेन्सी, १ जेठ । शक्तिशाली चक्रवात मोखाले बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा मचाएको वितण्डाले हजारौँ घरमा क्षति पुगेको छ ।

बीबीसी बंगाली सेवाले जनाए अनुसार बंगलादेशको कक्स बजार जिल्लामा करिब १० हजार घरमा क्षति पुगेको छ ।

म्यानमार र बंगलादेशमा चक्रवात मोखाले तटीय क्षेत्र तर्फमा बाढी आउनुका साथै रुखहरु ढलेका छन् भने कक्स बजारको रोहिंग्या शिविरमा सरसामान छरिएका छन् ।

समाचार एजेन्सी पीटीआईले जनाए अनुसार यस चक्रवातबाट विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर कोक्स बजार निकै प्रभावित भएको आशंका व्यक्त गरिएको छ । कक्स बजारका लागि बंगलादेशको मौसम विज्ञान कार्यालयले शीर्ष १० खतराको संकेत आउनसक्ने भन्दै जारी गरेको थियो ।

चक्रवात कमजोर हुँदै गएपनि हावाहुरी सकिएको छ । आगामी दुई–तीन दिनसम्म लगातार वर्षा हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार