मेक्सिकोमा सवारी दुर्घटनामा २६ जनाको मृत्यु


एजेन्सी, १ जेठ । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान एक आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ ।

उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किदाँ आगो लागेको थियो ।

मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा अहिलेसम्म पनि भेटिएको छैन । दुर्घटनापछि चालक फरार भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुलाई उद्धृत गर्दै जनाइएको छ । दुर्घटनास्थल हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान त्यहाँ उपस्थित भएका अधिकारीहरुले गरेका छन् ।

परिवारका सदस्यसहित घुमफिरका लागि निस्किएकाहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

अधिकारीहरुले दुर्घटनाको विस्तृत विवरण आउन भने अझैसम्म पनि नआएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
मेक्सिकोमा सन् २०२१ मा भएको एक सवारी दुर्घटनामा परि ५३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार