कर्नाटकमा कांग्रेसलाई बहुमत


एजेन्सी, ३१ बैशाख । कर्नाटकमा काँग्रेसको पक्षमा जनलहर देखिएको छ ।

चुनावी परिणाम आफ्नो पक्षमा आएपछि कांग्रेसका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् । भारतीय जनता पार्टीलाई पराजित गर्दै कांग्रेसले स्पष्ट बहुमत ल्याएका छन् । नेता गान्धीले कर्नाटकबाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।

कर्नाटकमा सरकार बनाउन ११३ सिट आवश्यक भएपछि कांग्रेसले १३६ सिटमा बिजय हासिल गरेको छ भने भाजपा ६५ सिटमा सिमित हुन पुगेको छ । यसैगरी, जेडिएस १९ सिट र अन्यले ४ सिटमा बिजय हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताएका छन् । भने यसमा एक सभामुखको सिट छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार