एजेन्सी, ८ वैशाख । अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विष्फोट भएको छ ।
हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट उडान भरे लगत्तै आकाशमै विष्फोट भएको हो ।
यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । एलन मस्कको निकै महात्वाकांक्षी परियोजनाको रुपमा स्टारशिप थियो ।
उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन । त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भयो ।
यसअघि गत सोमबार स्टारशिप यान परीक्षण गर्ने कार्यक्रम रहेको थियो । तर अन्तिम समयमा स्थगित गरिएको थियो ।


