‘मिडिया ट्रायलका कारण अतिक अहमदको हत्या’


एजेन्सी, ४ वैशाख । समाजवादी पार्टीका नेता प्राध्यापक रामगोपाल यादवले अतिक अहमदका बाँकी छोराहरूको पनि हत्या हुन सक्ने आशंका व्यक्त गरेका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले अतिकका पाँच सन्तान मध्ये एकको हत्या गरिएको बताए ।

उनले भने, ‘अतिकका दुई छोरा जेलमा छन् र अन्य दुई छोरालाई सुरक्षाका कारण बालगृहमा राखिएको छ । यी दुवै बालबालिका नाबालक छन् र पढ्दै छन् ।’ उनले अघि थप्दैँ भने, ‘मलाई इलाहाबादका मानिसहरूले भनेका थिए कि यी केटाहरूलाई पनि कुनै न कुनै बहानामा मारिने छ ।’

प्राध्यापक रामगोपाल यादवले भारतको संविधानले कसैलाई पनि समातेर मार्ने अनुमति नदिने बताए । उनका अनुसार अतिक अहमद १९८९, ९१ र ९३ मा स्वतन्त्र विधायक बने, ९५ मा समाजवादी पार्टीबाट विधायक बने र १४ औँ लोकसभामा समाजवादी पार्टीको टिकटमा फुलपुरबाट सांसद बने ।

प्राध्यापक रामगोपालले भने, ‘म १४औँ लोकसभामा मेरो पार्टीको संसदीय दलको नेता थिएँ र अतिक अहमद चार वर्षसम्म मसँगै बसे । अब उनलाई ग्याङ्स्टर र अरू के के बनाइयो । हो, कहिलेकाहीँ केही व्यक्तिहरूसँग घटनाहरू हुन्छन् ।’

उनले भने, ‘अहिले ठुला पदमा त्यस्ता व्यक्ति बसेका छन् जसले १०–१०, १५–१५ जनालाई बम हानेर मारेका छन् । उनीहरूलाई गुन्डा हो भनेर कसैले भन्दैन ।’

मिडिया ट्रायलका कारण अतिक अहमदको हत्या भएको उनले बताए । सर्वोच्च अदालतले प्रहरी हिरासतमा नै अतिकको हत्या हुनसक्छ भन्दासमेत उनले राहत पाएनन् ।

जब अतिक अहमदले सर्वोच्च अदालतमा प्रहरी हिरासतमा आफूलाई मार्न सक्छ भनी बताए पनि राहत पाएनन् ।’

उनले प्रश्न उठाए, ‘अदालतमा हाजिर हुने कसैलाई राति दश बजे स्वास्थ्य परीक्षणका लागि लगिन्छ ? उनी आइपुग्दा सहरमा ठुलो मात्रामा प्रहरीको उपस्थिति थियो । उनको हातमा हतकडी थियो, जसको डोरी प्रहरीको हातमा थियो ।’

उनले यसलाई ‘कोल्ड ब्लडेड मर्डर’ को संज्ञा दिएका छन् । उनको सुनियोजित तरिकाले हत्या भएको भन्ने आरोप लगाए ।

पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफ अहमदलाई शनिवार राति प्रहरीको उपस्थितिमा तीन आक्रमणकारीले गोली हानी हत्या गरेका थिए ।

प्रहरीले दुवै दाजुभाइको स्वास्थ्य परीक्षणका लागि क्याल्भिन अस्पताल लैजाँदै गर्दा हत्या भएको हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार