जनकपुरधाम, २ फागुन । नेकपा एमाले मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरले यातायात व्यवस्था कार्यालय जनकपुरमा चरम भ्रष्टाचार भइरहेको दाबी गरेका छन् ।
मंगलबार बसेको प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौ बैठकमा बोल्दै प्रदेश सभा सदस्य ठाकुरले यातायात व्यवस्था कार्यालय जनकपुरमा लाइसेन्स वितरणमा भइरहेको व्यापक भ्रष्टाचारको अन्त्य गर्न माग गरेका हुन् ।
उनले भने, ‘जनकपुर यातायात कार्यालयमा ७७ वटै जिल्लाका मान्छे लाइसेन्स लिन आउँछन् । यातायात कार्यालयको डाटा हेर्दा महिनामा ५ हजार लाइसेन्स वितरण भइरहेको छ । यो ५ हजार लाइसेन्समा करिब १० करोड भ्रष्टाचार भएको होला ।’
यातायात व्यवस्था कार्यालय जनकपुरबाट २० हजार रुपैयाँमा लाइसेन्स पाउने गरेकोसमेत उनले आरोप लगाए ।



