नेकपा एसका अध्यक्ष नेपाल र विदेश सचिव क्वात्राबीच भेटवार्ता


काठमाडौं, २ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच नेपाल निवास कोटेश्वरमा मंगलबार बिहान भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

सोमबार बिहान काठमाडौं आइपुगेका क्वात्राले यसअघि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेट गरेका थिए ।

क्वात्रा काठमाडौं ओर्लिएलगत्तै दुई देशबीच सचिवस्तरीय वार्तासमेत भएको थियो । वार्तामा नेपालले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दिन प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार