अमेरिकाको स्टेट युनिभर्सिटीमा गोली चल्दा ३ को मृत्यु, ५ जना घाइते


एजेन्सी, २ फागुन । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् ।

विश्वविद्यालय प्रहरीका अनुसार विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । अभियुक्तको खोजी भइरहेको छ ।

विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेको थियो ।

गोलीकाण्डबारे जानकारी प्राप्त हुनेबित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारीसाधन विश्वविद्यालय पुगेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार