बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति


काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । उक्त बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

अध्यक्ष ओली उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुन् । ओलीसँगको भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’

राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । सत्ता साझेदार दलबीचबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रचण्ड र ओलीले छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार