संसदमा प्रभावकारी भूमिका निर्वाह गर्छु : उपाध्यक्ष अर्याल


काठमाडौं, २४ माघ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी छन् ।

मंगलबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै पद बहालीपछि उपाध्यक्ष अर्यालले यस्तो बताएकी हुन् ।

‘सके जति प्रभावकारी भूमिका निर्वाह गर्छु । सांसदहरूसँग पनि सहकार्य गर्दै अघि बढ्नेछु’, उपाध्यक्ष अर्यालले भनिन् ‘सङ्घीय संसद्मा महिला सांसदहरूको भूमिका पनि प्रभावकारी बनाउनुपर्नेछ ।’

उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएपछि विशेष जिम्मेवारी महसुस गरेको भन्दै आफ्नो भूमिका तटस्थ र निष्पक्ष रहने बताइन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार