माओवादी केन्द्र एक मन्त्रालय लिएर मधेस सरकारमा शामिल हुँदै


जनकपुरधाम, २३ माघ ।
माओवादी केन्द्र अन्ततः एक मन्त्रालय लिएर मधेस सरकारमा सहभागी हुने भएको छ । २ मन्त्रालय लिने अडानमा रहेको माओवादी केन्द्रलाई एक मन्त्रालय मात्रै दिने मुख्यमन्त्रीको अडानका कारण माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले पहल गरेपछि एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएको हो । मुख्यमन्त्री सरोजकुमार यादलवले आफ्नो मातहतमा राखेको उद्योग पर्यटन तथा वन मन्त्रालय माओवादीलाई दिने सहमति भएको हो ।
माओवादी केन्द्रबाट सुनिता यादवलाई उद्योग पर्यटन तथा वन मन्त्री र रहबर अन्सारीलाई उद्योग पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ । माओवादी केन्द्र मधेस प्रदेशको संसदिय दलका नेता भरत साह समेत मन्त्री बन्ने लबिङ्ग गर्दै आई रहेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं माओवादी केन्द्रको संस्थापक नेताममध्येका एक रामवृक्ष यादवको छोरी सुनिता यादवलाई जसरी पनि मन्त्री बनाउने अडान लिएपछि साहलाई पछि हट्नु परेको हो ।
दूबैको शपथ मंगलबार दिउँसो हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार