विद्यालयस्तरिय क्रिकेट प्रतियोगितामा गोगल र सिद्धार्थ विजयी


जनकपुरधाम, १९ माघ । जनकपुरधामको रंगभुमी मैदानमा जारी विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा गोगल प्रसाद नमूना मावि र सिद्धार्थ शिशु सदनले जित निकालेको छ ।

पहिलो खेलमा सिद्धार्थ शिशु सदनले किड्डी कन्भेन्ट सकेण्ड्री इंगलिस बोर्डिङ स्कुललाई १ सय ३ रनको विशाल अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रनको स्कोर खडा गरेको थियो । सिद्धार्थका लागि मुकेश यादवले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै राजेशले ३९ रन बनाए ।

किड्डी कन्भेन्टको बलिंगमा जमालले ३, रवि शर्मा र शम्भु साहले २/२ विकेट लिन सफल भए ।

जवाफ १ सय ९० रनको लक्ष्य पछ्याएको कन्भेन्टले १२ ओभरमा ८६ रनमै सीमित हुन पुग्यो । किड्डी कन्भेन्टका लागि रविले १८ र छोटु राइनले १२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यान टिकेर ब्याटिङ्ग गर्न सकेनन् ।

किड्डी कन्भेन्टलाई सस्तैमा समेट्न सिद्धार्थको तर्फबाट मुकेश यादव र रोशन यादवले ३/३ विकेट लिएका थिए ।

बिहिबारको दोस्रो खेलमा गोगल प्रसाद नमूना माविले सर्वोदय सेकेण्ड्री इंगलिश बोर्डिंग स्कुलाई १ सय २७ रनको विशाल अन्त्रले पराजित गरेको छ । गोगलले दिएको २ सय ४४ रनको विशाल लक्ष्यको जवाफमा सर्वोदय १ सय १७ रनमा मात्र सीमित भएको थियो ।

गोगलको ब्याटिङ सुरज साहले ६३, किसन महरा ४३ र मन्जेश झा ४२ रनको योगदान गरे । सर्वोदयको बलिंगमा रोहित पुर्वे, सुदिप मण्डल र राजु मण्डलले २/२ विकेट लिन सफल भए ।

सर्वोदयका लागि अकाश, रोहित र अमृतले १८/१८ रनको योगदान गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार