सत्ता साझेदार दलका अध्यक्षसँग प्रधानमन्त्रीको भेटघाट


काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत सहभागी रहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग बुधबार बालुवाटारमा छलफल गरेका हुन् ।

सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैँ राखेका छन् ।

नागरिकता पुनः प्राप्ति गरेपछि रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएमा सरकारबाट बाहिरिने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने अदालतको पूर्णपाठ नआएसम्म गृह नदिने यसअघि नै बताएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार