धनुषाबाट चोरीमा संलग्न ५ युवक पक्राउ


जनकपुरधाम, १७ माघ । धनुषा प्रहरीले चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका–१४ बस्ने रतिश गुप्ता, सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ बस्ने २१ वर्षीय रविन्द्र कुमार यादव, सोही ठाउँ बस्ने २२ वर्षीय चन्दन कुमार यादव, जनकपुरधाम–२४ बस्ने सरोज कुमार महतो र श्याम सुन्दर महतो रहेका छन् ।

सोमबार जनकपुरधामको शिवचोकस्थित विनोद गामीको कपडा पसलमा मिथिला बिहारी नगरपालिका–२ बस्ने ईद्रिश कवारी मियाँका छोराले उक्त पसलमा कपडा खरिद गर्ने क्रममा आफ्नो छेउमा राखेको मोबाइल रतिश गुप्ताले चोरी गरेर भागेका थिए ।

त्यस्तै, सोमबार राति ८ बजेको समयमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–१ बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठले आफ्नो ज. ६ प. ७७१४ नम्बरको मोटरसाइकल धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पतालको छेउमा पार्किङ गरी राखेको बेला रविन्द्र र उनकै साथि चन्दनले चोरी गरेर भागेका थिए ।

उता, १४ गते राति जनकपुरधाम–४ बस्ने संजिव कुमार रायको घरबाट अज्ञात व्यक्तिहरूले कोठाभित्र राखेको पानी तान्ने मोटर, पेन्ट, आइरन, लत्ता कपडाहरू चोरी गरी फरार भएको सूचनाको आधारमा प्रहरी चौकी जिरोमाईलबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्न सरोज र श्यामलाई सोमबार सामानहरूसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले बताए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार