११ किलो चरेशसहित चारजना पक्राउ


धनगढी, १७ माघ । कैलाली प्रहरीले ११ किलो ९०० ग्राम लागुऔषध चरेशसहित चारजनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहित अन्य चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दार्चुलाको नौगाड गाउँपालिका–२ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्यु गाउँपालिका–७ बस्ने ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका–२ का ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरिएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जोशीले बताए ।

पक्राउ गरेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार