एजेन्सी, १७ माघ । अमेरिकाको फ्लोरिडामा सोमबार अपराह्न भएको गोलीबारीमा १० जना घाइते भएका छन् ।
घटना फ्लोरिडाको लेक ल्यान्ड इलाकामा भएको हो । प्रहरी प्रमुखका स्याम टेलरका अनुसार हमलाकर्ता एक गाढा निलो रङको कारमा आएका थिए ।
घटनास्थलमा पुग्ने बित्तिकै उनको गाडीको चारै वटा सिसा खोले र अन्धाधुन्ध गोली चलाउन थाले । रिपोर्टका अनुसार दुई जनाको अवस्था गम्भीर छ । घटनापछि प्रहरी गाडीको खोजीमा जुटेको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट भारी मात्रामा गाँजा पनि बरामद गरिएको छ । गोलीबारीका बेला त्यहाँ गाँजा बेचिँदै थियो भन्ने अनुमान गरिएको छ । यद्यपि, यसको घटनासँग सम्बन्ध के छ भनेर प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको छ ।


