बागमतीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त


हेटौंडा, १७ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छन् ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा भक्तपुर निवासी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी नेकपा माओवादी केन्द्रका केन्द्रीयसमेत सदस्य हुन् । प्रदेश सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक बस्न नसकेको भन्दै आलोचना भएपछि मंगलबार कुनै प्रस्ताव बिना नै बैठक बसेको बताइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार