अजय मिश्रा/कपिलवस्तु, कार्तिक ९
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफद्वारा शैक्षिक सामाग्री विद्यार्थीहरूलाई बितरण गरिएको छ ।
डा. मन्जुर खांनको अध्यक्षता तथा प्रमुख अतिथि लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथि डा. सलमान खान, राष्ट्रीय मदर्शा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, शैख अब्दुल रशीद मदनी, शैख अबरार मक्की, अब्दुल अजिम मदनी अतिथि राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैश मक्की, सदस्य मोहम्मद मुस्लिम, सल्लाहकार अब्दुल अजिज, मौलाना अब्दुल नूर, डा. सइद, अब्दुल सत्तार, मौलाना एहसानुल्ला रहमानी लगायत उपस्थिति बितरण गरेका छन् ।
सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदर्शा बोर्ड उपाध्यक्षले मदर्शाको सवालमा मदर्शा बोर्ड गम्भीर रहेको शैक्षिक सामाग्रीले विद्यार्थीको शैक्षिक विकासमा मद्त गर्ने बताएका हुन् ।
यस्तै डा. सलमान खानले लुम्बिनी प्रदेश मदरसा बोर्डले राम्रो काम गरिरहेको, हामी लाई यो कुरामा सोच्नु पर्नेछ कि मुस्लिम समुदाय शिक्षामा किन पछडिएको छ ।
कार्यक्रमका अतिथि राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी शैक्षिक सामाग्री प्रदान गरेको युनिसेफ लाई धन्यवाद दिदै विद्यार्थीहरू पढाईका साथसाथै व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने बताएका थिए ।
कार्यक्रमका अध्यक्ष डा.मन्जुरले शैक्षिक सामाग्री दिने युनिसेफलाई विशेष धन्यवाद दिदै कृष्णनगर नगरपालिका विद्यालय निरीक्षक बलराम पन्थीलाई समेत विशेष धन्यवाद दिदै अगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाओस भन्ने भाव व्यक्त गरेको थियो ।