जनकपुरधाम। आदिवासी जनजाति आयोगले मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष आर्थिक वर्ष २०८२/०८३ को सातौँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।
बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम तयार पारिएको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कर्णसमक्ष पेश गरेका हुन् ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२/०८३ मा आयोगले सम्पादन गरेका कामकारबाही तथा गतिविधिहरू समेटिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेको हो ।


