रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन, आइतबार पुनः उपस्थित हुने


दाङ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आइतबार पनि हुने भएको छ। रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस शुक्रबार नसकिएपछि आइतबार निरन्तरता पाउने भएको हो ।

रूपन्देही जिल्ला न्यायाधिवक्ता प्रेम पौडेल, सहन्यायाधिवक्ता गोकर्ण घिमिरेलगायतका सरकारी वकिलले बहस गरे भने सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। सहकारी पीडितका तर्फबाट समेत बहस सकिएको छ।

आज रवि लामिछानेको तर्फबाट बहस गर्दैगर्दा समय अभावका कारण नसकिएपछि आइतबार पुनः बहस हुने अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।

आज अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस भएको थियो।

आज पनि श्रीमती र अधिवक्ताको रोहबरमा आइतबार हाजिर हुने गरी आदेश आएको श्रेष्तेदार ज्ञवालीले बताए।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार