मधेश प्रदेशको राजधानी जनकपुरधाममा तातो हावा संगै गर्मी बढन थालेपछि ५ दिनका लागि सबै विद्यालय बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले दिनप्रतिदिन बढदै गएको गर्मीका कारण बालबालिका हरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरको ख्याल गर्दै जेठ १७ देखि २१ गते सम्म सबै सामुदायिक र संस्थागत विद्यालयमा विदा दिएको हो । वार्षिक विदामा कट्टा हुनेगरि प्रशासनिक कामकाज बाहेक भोलि बिहिवार देखि सोमबार सम्म उपमहानगर भित्रका सबै विद्यालयमा पठनपाठन बन्द रहने आज जारी गरिएको सुचनामा उल्लेख छ । जनकपुर लगायतका श्रेत्रमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेपछि जनजिवन प्रभावित भएको हो । बढ्दो गर्मीका कारण बजार, सरकारी कार्यालय, वित्तीय संस्था लगायत सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहलमा निकै कमि आएको छ ।



