जनकपुरधाम – मधेश प्रदेशमा प्रतिनिधित्व गरिरहेका प्रमुख चार दलले प्रदेश सरकारलाई दिर्घकालिन असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएका छन । समर्थन फिर्ता लिए संगै सरकार अलपमतमा रहेकाे भन्दै नेकपा एमाले , जनमत, नेकपा माओवादी केन्द्र र लोसपाले संयुक्त रूपमा मुख्यमन्त्री सरोज कुमार यादवलाई दिर्घकालिन असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएको हो । स्थानीय तहहरुलाई उपलब्ध गराईने सशर्त अनुदान र विभिन्न मन्त्रालयमा हुने रकमान्तर नियम विपरीत नगर्न मुख्यमन्त्रीलाई दिइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । मुख्यमन्त्री यादवलाई भेटी बुझाईएको ध्यानाकर्षण पत्रमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव, जनमतका महेश प्रसाद यादव, माओवादी केन्द्रका भरत प्रसाद साह र लोसपाका उपनेता उपेन्द्र महतोको हस्ताक्षर रेहेको छ ।



