महाेत्तरी –जिल्ला प्रहरी कार्यालय महोत्तरीले १०७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउपालिका १ बस्ने २१ बर्षिय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक धर्मराज मुड्भरीले जानकारी दिए ।प्रहरीले जलेश्वर–बर्दिबास सडकखण्डको औरही नगरपालिका वडा नम्बर ८ स्थित टिम्कियाबाट यादवलाइ गाँजा सहित पक्राउ गरेको हो । बि.आर ३० ए.एच २३८८ नम्बरको कारलाइ विशेस सुचनाको आधारमा चेकजाँच गर्दा उक्त कारको डिकिमा लुकाई छिपाई राखेको अवस्थामा २० वटा पोकामा १०७ किलो गाँजा सहति यादवलाइ पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता धर्मराज मुड्भरीले जानकारी दिए ।पक्राउ परेका यादव माथी लागु औषध मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


