गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु


मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा  २५जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

प्रत्यक्ष दर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि  धेरै मृत्यु भएको सीएनएनले जनाएको छ । यसै गरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिँदै चिच्याइरहेका छन् र मृत शरीरहरू व्यवस्थापन गर्न लागिरहेका देखिन्छन् । 

सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो  शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउँदै आक्रमण पछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका उजागर गरे ।  

अल–अक्सा शहीद अस्पतालबाट सीएनएनबाट खिचिएको फुटेजमा इमर्जेन्सी कक्ष हताहत र घाइते व्यक्तिहरूले  भरिएको देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए ।अस्पतालको भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ । 

अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पीडा सहन नसकी कराउँदै दुखका साथ  दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेको सीएनएनले रिपोर्ट गरेको छ ।  

इजरायल र हमासबिच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मङ्लबार प्रकाशित रिपोर्टमा युएन वुमनलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

रिपोर्टमा युद्धको छ महिनामा गाजामा  दश हजार प्यालेस्टिनी महिलाहरू मारिएका मध्ये अनुमानित छ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएको  सीएनएनले जनाएको छ । 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार