रास्वपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीमा सुरु


जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा शुरु भएको छ । सोमबारबाट शुरु भएको रास्वपाको बैठक कार्तिक १३ गतेसम्म चल्ने छ् ।
तीन दिनसम्म चल्ने बैठकबाट पार्टीको आगामी नीति तथा राजनीतिक रोडम्याप तयार गर्ने योजना रहेको छ् । रोडम्याप लागि १७ जनाले तयार गरेको मस्यौदा, १९ फरक फरक जिल्लाबाट आएको नागरिकका सुझाव, नीतिमाथिको बहसबाट आएका विषयहरु समेटेर निर्माण गरिने पार्छी सभपति रवि लामिछानेले जानकारी दिए ।
बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरिने सभापति लामिछानेले बताए । सासंदहरूको र संसदीय कार्यको समीक्षा तथा महाधिवेशनको विधिबारे समेत बैठकमा छलफल हुने उनको भनाई थियो ।
केन्द्रिय समिति तथा संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
बैठकमा प्रदेशका इञ्चार्ज, महामन्त्री, केन्द्रीय सदस्य, सांसद, प्रदेशका सभापति लगायतको उपस्थिति रह्ने छ ।
यसअघि गत कात्तिक २२ र २३ गतेका लागि तय गरिएको बैठक जाजरकोट भूकम्पपछि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार