ऐरीले बनाए अर्धशतकको किर्तिमान


काठमाडौँ, असोज १० । दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा अर्धशतकको कीर्तिमान बनाएका छन् ।

एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतकको किर्तिमान बनाउन सकेका हुन् ।

यसअघि भारतका युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए भने ऐरीले नटआउट रहँदै ५२ रन बनाएका छन् । उनले यस क्रममा ८ वटा छक्का मारेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार