जनकपुरधाम, असोज ९ । सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्याएको आरोपमा एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षिय सनि शर्मालाई काठमाडौँबाट पक्राउ गरेको हो ।
उनले जात, जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने गरी सामाजिक सञ्जालमा सामग्रीहरू उत्पादन गरी प्रकाशन तथा प्रदर्शन गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।



