नेपाल सितोरियो कराते संघ धनुषाको अध्यक्षमा बिरेन्द्र कर्ण


जनकपुरधाम, भदौँ २८ । नेपाल सितोरियो कराते संघ धनुषा बिरेन्द्र लाल कर्णको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको छ ।

नेपाल सितोरियो कराते संघ धनुषा जिल्ला कार्य समितिको बैठकबाट अध्यक्षमा कर्ण, उपाध्यक्षत्रयमा पृथ्वी मान लामा, शिव शंकर यादव, सुमन पुलामी, सचिवमा सुभाष कुमार शर्मा, सहसचिवमा वाल्मिकी भगत र कोषाध्यक्षमा विनोदकुमार अधिकारीलाई सर्वसम्मतरुपमा चयन गरिएको हो ।

त्यस्तै सदस्यहरुमा निश्चल सिंह, रिया सिंह, दिपेन्द्र लाल कर्ण, ईसराफुल राईन, सुमित मिश्रा, रोशन यादव, रमेश साह, किसन मण्डल, दिलिप धामी, रञ्जित कुवँरलाई चयन गरिएको जानकारी जिवछ भगतले दिए ।

त्यसैगरी यस बैठकबाट नेपाल सितोरियो कराते संघ मधेश प्रदेशको अधिवेशनको प्रतिनिधिमा रामचन्द्र ठाकुर, जिवछ भगत, पाल छङ योञ्जन, बिरेन्द्र लाल कर्ण, निश्चल सिंह, र रामबाबु साहलाई छनोट गरिएको छ भने अखिलेश कर्णलाई पर्यवेक्षकको रुपमा सहभागी गराइने भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार