अनियमितता गरेको भन्दै कर्मचारी विरुद्ध प्रदर्शन


महोत्तरी, भदौँ २५ । बाढी प्रभावित बस्तीका विपन्न परिवारका लागि आएको आर्यआर्जनको योजना र पोषणकालागि वितरण गरिएको अनुदानमा अनियमितता गरेको भन्दै कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् ।

अनियमितता गर्ने कर्मचारीलाई कारवाहिको माग गर्दै उपभोक्ताहरुले गाउँमै प्रदर्शन गरेका हुन् ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कल्स्टर इकाई जनकपुरधामले समूह बनाएर वितरण गरेको अनुदानमा कर्मचारीले भ्रष्टाचार गरेको भन्दै महोतरीको पिपरा गाउँपालिकाका उपभोक्ताहरुले आइतबार प्रदर्शन गरेका थिए ।

अनुदानमा बाख्रा वितरण, मसला मिल सञ्चालन, विउ विजन बितरणमा कर्मचारीले भ्रष्टाचार गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् ।

समूहबाट खाली चेक लिने, समूहका सदस्यहरुले आफै किन्नुपर्ने बाख्रा कर्मचारीले सप्लायर्सबाट खरिद गर्ने र मापदण्ड विपरितका बाख्रा खरिद गरेको, समुहमा २५ जनालाई बाख्रा दिनु पर्नेमा १५ जनालाई मात्रै बाख्रा दिएर आयोजनाका कर्मचारी भ्रष्टाचार गरेको पिपरा गाउँपालिका वडा नम्बर १ को खैरवास्थित सिता तरकारी कृषक समूहका अध्यक्ष रामनरायण यादवको भनाइ छ ।

उनीहरुले महोतरीको पिपरा स्थित आयोजनाको सम्पर्क कार्यालयमा स्थानीयहरुले तालासमेत लगाएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार