जनकपुरधाम, भदौँ २४ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) धनुषाले कमला नगरपालिकामा बसेको बैठकबाट विभिन्न निर्णय गर्दै एक महिने कार्ययोजना तालिका सार्वजनिक गरेको छ ।
माओवादीको धनुषा कमान्ड नम्बर २ स्थित कमला नगरपालिकाको बैठक कमान्ड इन्चार्ज उदय कुमार बरबरियाको प्रमुख आतिथ्यतामा बसेको बैठकबाट एक महिने कार्य योजना तालिका सार्वजनिक गरेको छ ।
यस बैठकबाट कमान्ड नम्बर २ अन्तर्गत कमला नगरपालिकाका वडाहरुमा बैठक, भेला तथां प्रशिक्षण संचालन गर्न १ महिने योजना तालिका निर्माण गरेको जनाइएको छ ।
यस अभियानको समिक्षा गर्दै घरघरमा माओवादी, जनजनमा माओवादी, जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको नारा अनुसार एक ढिक्का भई प्रतिबद्धता व्यक्त गर्दै सुशासनको पक्षमा जनताका लागि वकालतसहित कामसमेत गर्ने लगायतका निर्णयहरु गरिएको युवा नेता बरबरियाले बताए ।


