हेटौँडा, भदौँ २४ । चार दलीय समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा गर्दैछ । सात वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सन्देश सभा आयोजना गर्न लागेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले जनाएकी छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा समाजवादी मोर्चाले सन्देश सभाको आयोजना गर्न लागेको उनले बताइन् ।
सन्देश सभा हेटौँडा महानगरपालिका वडा नम्बर ४ स्थित रोयल पार्टी प्यालेसमा आज दिउँसो २ बजे सुरु हुने उनले बताइन् ।
उनले यस सन्देश सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।


