मोरक्कोमा गएको भुकम्पमा दुई हजार भन्दा बढीको मृत्यू


एजेन्सी, भदौँ २४ । मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी दुई हजार भन्दा बढीको मृत्यू भएको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी कम्तीमा एक हजार चार सय जना सख्त घाइते भएको मन्त्रालयको पछिल्लो विवरण सार्वजनिक गर्दै उल्लेख गरिएको छ । मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भैैचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै गृह मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए भने अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेको जनाइएको छ ।

शक्तिशाली भूकम्पपछि स–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कोका विभिन्न सञ्चार माध्यमले बताएका छन् ।

शुक्रबार गएको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार