आज श्रीकृष्ण जन्माष्टमी


जनकपुरधाम, भदौँ २० । तराई–मधेशमा आज श्रीकृष्ण जन्माष्टमी पर्व उल्लासमयपूर्वक मनाइँदै छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भदौँ कृष्ण अष्टमी तिथिमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै आएको हो ।

मधेश प्रदेशसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ÷घर तथा बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापना गरिएका छन् । द्वापर युगमा मथुरा कारागारमा भदौँ कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म माता देवकीको कोखबाट भएको हिन्दू शास्त्रमा उल्लेख रहेको छ । श्रीकृष्ण हिन्दू परम्पराका आराध्यदेव श्रीविष्णुका १० मुख्य अवतारमध्येका आठौँ हो ।

श्रीकृष्ण जन्मोत्सवमा भदौँ कृष्ण अष्टमी तिथि आउनासाथ व्रत बस्ने र मध्यरातमा श्रीकृष्ण जन्मिएको धार्मिक मान्यताअनुसार मङ्गलगान गर्दै व्रत समापन गर्ने परम्परा रहेको छ । यस पर्वमा स्थापना गरिएका श्रीकृष्ण प्रतिमामा अष्टमीको मध्यरातमा आँखा खोलेर (माटाका मूर्तिमा आँखा कोट्याएर खोल्ने) जन्मोत्सव मनाइने चलन रहेको प्रत्येक वर्ष श्रीकृष्ण जन्मोत्सव मनाइने गरिन्छ ।

यस अवसरमा जनकपुरधाम स्थित रेल्वे स्टेसन, श्रीकृष्ण मन्दिर, बटेश्वर गाउँपालिकालगायत विभिन्न गाउँ, नगर तथा वस्तीहरुमा धुमधामसाथ श्रीकृष्ण जन्माष्टमी मनाइने गरिन्छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार