जनकपुरधाम, साउन ४ । जनमत पार्टीको निती नियम पालना नगरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा नेकपा माओवादी केन्द्र छाडेर उपनिर्वाचनमा उपेन्द्र यादव विरुद्ध लडेका शिवचन्द्र कुशवाहा पनि परेका छन् । नेता कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको जनाइएको छ । संसदीय निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार समेत रहेका कुशवाह उपनिर्वाचन भने माओवादीबाट टिकट नपाएपछि जनमत पार्टीमा प्रवेश गरेका थिए ।
त्यस्तै कारबाहीमा पर्ने अन्य नेताहरुमा गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादव रहेको जनमत पार्टीले जनाएको छ ।
जनमत पार्टीले गठन गरेका छानविन समितिले दिएको प्रतिवेदनको आधारमा गरिएको सिफारिस अनुसार पाँच जना नेतालाई कारबाही गरिएको अनुसासन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


