जनकपुरधाम, साउन ३ । प्रत्येक वर्ष वर्षातयाममा खोला तथा नदी नालामा पानीको बहावका कारण बाढीले हुने गरेको क्षति हुन नदिन र प्रकृति विपदबाट वनजंगलको नियन्त्रण तथा यसको संरक्षणका लागि समेत सरोकारवाललाई मधेश प्रदेशको एक संसदीय टोलीले निरीक्षण गर्दै निर्देशन दिएको छ ।
वर्षातयाममा मधेश प्रदेशमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै मधेश प्रदेशसभा अन्तर्गतको समितिले तत्काल खोला, नदीका कारण प्रत्येक वर्ष बाढीले गर्दा हुने गरेको धनजनको क्षति न्युनिकरणका लागि तत्काल खोला तथा नदीको पानी बहाब रोकथाम तथा नियन्त्रण गर्न निर्देशन दिएको हो ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न नदि तथा बन जंगलको एक संसदीय टोलिद्वारा निरीक्षण गरेको छ । प्राकृतिक श्रोत तथा वातावरण समितीको टोलिले स्थलगत निरीक्षण गर्दै खोला, नदी नाला तथा वनजंगलबाट हुने गरेका जनधनको क्षति हुनबाट जोगाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको प्राकृतिक श्रोत तथा वाताबरण समितिकी संयोजक शारदा पहाडी दासले जानकारी दिइन् ।
मधेश प्रदेशसभा अन्गर्तगतको प्राकृतिक श्रोत तथा वाताबरण समितिकी संयोजक पहाडीको नेतृत्वमा रहेको टोलिले सप्तरीको जुरपैनिया, त्रीयुगा खुरहुरिया, टेङ्ग्राहा, पराधार, सुन्दरी, महुली लगायतका खोला नदी तथा वनजंगलको स्थलगत निरीक्षण गरेका छन् ।
यस टोलीमा समितिका सदस्यसमेत रहेका प्रदेशसभा सदस्यहरु राज कुमार लेखी, त्रिभुवन साह, इन्दु साह, नुर नेशा रहेका थिए ।
नदी तथा वनजंगलको स्थलगत निरीक्षणपछि सप्तकोशी नगरपालिकामा जनप्रतिनिधि र सरोकारवालासंग यस समस्या समाधानको बारेमा अन्तरक्रिया समेत गरेका थिए ।


